सुनगाभाजीको नेपाली कथा ' निर्णय ' ।
अन्त्यमा मैले छोडिदिंए उस्लाई ।
लेख्न के नै बाँकी रह्यो र अब ? अन्तिम बिन्दु नै शुरुवातको गजबार बनेपछि ! तर हैन म अझै सानो एउटा छिद्र देख्दैछु जहाँबाट म यो सुन्दर संसार चियाउन सक्छु भलै म त्यो घामको न्यानो रापमा सेकिनबाट बञ्चित हुँला तर म त्यो उज्यालो हेर्न र महशुस गर्न सक्छु अध्याँरो बस्तीमा बसेर पनि । हो यहि प्रयाप्त हुनेछ किनकी एउटा शरीरको लागि तीन बित्ता जमिन भए पुग्छ पुरै ब्रहमाण्ड चाहिदैंन । यहि सिदान्तमा अडिएर जीवन निर्वाह गर्ने हो भने पक्कै पनि जीवनले आफ्नो सार भेट्नेछ हैन भने कुनै दिन म पनि सडक र गल्ली गल्ली घुमिहिड्नेछु 'पागल' को उपनाम भिरेर ।
त्यसो भए किन नलेख्ने ? लेख्छु । त्यसको लागि मात्र मन् हुनुपर्छ जुन मसंग पहिल्यै देखि छ । अब मनलाई फकाउने,खुसी बनाउने आफ्नै हातको बात को कुरा न हो । हो आज उहि मनलाई मैले निकै बेर थुम्थुम्याएर किरण सामू कठोर निर्णय सुनाएं ।