*** तिमीलाई प्रेमपत्र ***
* तिमीलाई प्रेमपत्र *
खै काहाँबाट शुरु गरौँ मेरा भावनाहरु, सायद कसैको लागि यो मेरा पहिलो र अन्तिम पत्र होला । यो पत्र च्यातेर फाल्नु अगाडि तिमी एकपटक मेरो भावनालाई बुझ्ने प्रयास गर । सम्बोधन गर्दिन म तिमीलाई , प्रिये भनु भने यो मनले मान्दैन ।
हराई रहेछु म सपनाको संसारमा तिमी मेरो सपनाको एक मुख्य पात्र हौ । तिमी बिनाको मेरो सपना अधुरो रहनेछ । आज मलाई यो के भैरहेको छ खै, कसरी म आफ्ना मनका भावना व्यक्त गरौँ ? म तिमीलाई एकदमै माया गर्छु । कहिलेदेखी र किन भन्ने प्रश्न को उतर मसँग छैन ।
मसँग छ त्यो सुर्यको किरण जुन हिँउले ढाकिएको पहाड आइ ठोकिएको छ, हो तिमी मेरो किरण हौ । म यो सानो कागजको टुक्रामा आफ्नो मनको बह पोख्दै छु । तिमीलाई सम्झेर मैले यो कागजमा के के लेखेँ आफैलाई थाहा छैन ।