जमाना हिजोको हो ।गजल । साबित्रा लुइँटेल ।
जमाना हिजोको हो

ढुङ्गामा दुध पोख्ने जमाना हिजोको हो
स्वामीको पाउ ढोग्ने जमाना हिजोको हो !!
रहेछौ क्यारे तिमि अझै नि पछी नै पो
नन्दको गोडा मोल्ने जमाना हिजोको हो !!
नारीले पनि सक्छे त्यो बाँझो फोर्नलाई
नरले मात्र जोत्ने जमाना हिजोको हो !!