जन्मदिनको मिठो उपहार ( Nepali Katha )
सुजित आज निकै खुशि छ नहोस पनि कसरि आज उसको प्रियशी सुजिताको जन्मदिन न पर्यो । अरु दिन भए राती नौँ बजेनै निद्रादेवीको काखमा मस्त निदाउने सुजित हिजो भने राति १२ बजेसम्म जागै बसि आफ्नी प्रियशीलाई जन्मदिनको शुभकामना दिएर अरु धेरै मिठामिठा कुरा गरेर करिब २ बजेतिर मात्र सुतेको भएरहोला आज ऊँ उठ्दा नौँ बजीसकेको हुन्छ ।
हिजो सुजितालाई भोली दश बजे क्याफेमा भेट्ने भनी गरेको वाचा सम्झी सुजित हतारहतार तयार हुन्छ सधैँझै आफुलाई मनपर्ने जीन्स र सुजिताले गिफ्टमा दिएको टिसर्ट र कन्र्भसमा । हतारै भएको भए पनि आफ्नो जुल्फि मिलाउन र पल्सर बाइक पुछपाछ गर्न पनी भ्याउँछ सुजितले अनि बाइक हुइक्याउदैँ लाग्छ सुजितालाई भेट्न क्याफेतिर ।
...