Convert Big Size Photo Into Small Size
Facebook, Twitter, Google Plus तथा Mig33 जस्ता विभिन्न Social Networking Site को प्रयोग नेपालमा पनि सामान्य भइसकेको छ । विशेषगरी टिनेज साथीहरुमा त यसको क्रेज नै छ भन्दा पनि हुन्छ । यी सबै साइटको आ–आफ्नै विशेषता छ तर यी सबैमा हामी सबैले भोग्ने गरेको एउटा साझा समस्या भनेको ठुलो साइजको फोटोहरु अपलोड गर्दा लाग्ने समय हो । फोटो शेयर गरेर कमेन्ट पाउँदा जति मज्जा आउँछ, फोटो अपलोड हुदाँ लाग्ने टाइमले त्यो भन्दा बढि झ्याउ लाग्नुलाई पनि सामान्य नै मान्नु पर्छ । यही समस्याको निम्ति यो पोस्टमार्फत एउटा यस्तो Application को बारेमा बताउन गइरहेको छु । जसले ठुलो साइजको फोटो लाई सजिलै सानो साइजमा Convert गर्न सहयोग गर्नेछ ।
जसको लागि
1. सर्वप्रथम तलको चित्रमा जस्तै जुन फोटोको साइज घटाउन खोज्नुभएको त्यसलाई Right Click गरी
Open With बाट Microsoft Office Picture Manager मा खोल्नुहोस ।