*************Rupak Part-2****************
रुपक Part-2
नजिकिदैँ गरेको कार तिर रुपक अगि बढ्दैँ जान्छ अनि उसले देख्छ त्यो रातोकार कालो कलरको सुट र रातो सर्ट र हल्का निलो कलरको टाई लगाएको एउटा मान्छेले चलाइरहेको छ । कार खाली नै छ यो मान्छेले पक्का पनि मलाई लिफ्ट दिइहाल्छ भन्दै रुपक मनमनै खुशि हुन्छ अनि आफ्नो दायाँहातको बुढीऔँला देखाएर लिफ्ट please , लिफ्ट please भन्दै चिच्याउँछ , त्यो कारवालाले कारको गति बिस्तारै कम गर्दै रुपक भए तिर आउँछ । कार आफु भएतिर आउँदै गरेको देखेर रुपक खुशि भएर yes , yes भन्दै दुईचोटि बुरुक्क बुरुक्क उफ्रिन्छ , त्यही बखत उसको कालो ब्यागको खोल्टीबाट एउटा सानो छुरी खस्दछ ।