*** Nepali Love Letter By Swpnil Nirav ***
अहो, फेरि अर्को मुटु चुँड्ने दिनले हामीलाई स्पर्श गरिसकेछ । समय कति बेगवान छ है, तिमीसँग भौतिक रुपमा टाढिएको पनि बर्षौ बितेछ । हिजो आज त चिठीपत्र टेलिफोन इमेल सबै सबै बन्द भए । तर झझल्कोमा अझै पनि तिमी नै तिमी छौ । सत्य, समयका कैयौ झरी असिनाले पखाल्दा चुट्दा पनि सम्झनाका तस्बिरहरु खुइलिएनन् । कति कति गाह्रो छ, कति कति मुस्किल छ सम्झनाको खेल पनि । नसम्झु जिउन मुस्किल ,सम्झु बाँच्न झनै मुस्किल । भन्न त भन्छु,आफुलाई सम्हालु रोकु अनि बिगत चट्ट भुलेर अगाडि बढु । तर जब जब त्यस्ता प्रेमिल साँझहरु दोहोरिन्छन अनि एक्लै एक्लै बसेर कल्पन मन लाग्छ,सम्झन मन लाग्छ ।त्यसो त पुरै जिन्दगी हराएर,कर्तब्य हराएर तिमीलाई सम्झेको हैन । तर जब पुरै जिन्दगी बिर्सेर कर्तब्य भुलेर आफैसँग रमाउन खोज्छु तब तिमी मसँग हुन्छौ । the lunatic poem, laxmi prasad devkota quotes in nepali, nepali ghazal in nepali language, nepali shayari in nepali to english, nepali prem kavita, nepali photo shayari, poems nepali, nepali shayari in nepali, nepali sahityakar, famous nepali poems, love nepal, nepali sayari photo, nepali sad st...