*******Rupak part-3*****
mYsterious giRL
नजिकिदैँ गरेको कार रुपक भएनिर आएर रोकिन्छ । “हेल्लो रुपकजी” यो आवाज सुनेर रुपक झसङ्ग हुन्छ अनि पछाडि फर्के हेर्दा त्यी युवती रुपकलाई नै हेरेर मुस्कुराइरहेकी हन्छिन् । रुपकलाई अच्चम लागेर आउँछ अनि उसले “ माफ गर्नुहोला तर मैले हजुरलाई त चिन्न सकिन नि अनि हजुरले मेरो नाम कसरि थाहा पाउनुभयो ?” भनि सोध्दछ । त्यसपछि त्यी युवतीले मन्द मुस्कान छर्दै “ रुपकजी परिचय गर्दै गरौँला नि तर जहाँसम्म मलाई लाग्छ हजुरलाई अहिले लिफ्ट चाहिएको छ , होइन र ?” भन्छिन । त्यी युवतीको यस्तो कुरा सुनेर निराशा छाएको रुपकको मुहारमा फेरी मुस्कान छाँउछ अनि खुशि मिसिएको स्वरमा अतालिदैँ “ त्यो त हो, मेरो मतलब , मैले भन्न खोजेको, यसको मतलब हजुरले मलाई लिफ्ट दिनुहुन्छ , Thank u, I mean Thank u very much, Thank God finally.” भन्दै कारको पछिल्लतिरको ढोका खोल्न खोज्छ तर त्यी युवतीले रुपकको हात छोप्छिन अनि मुस्कुराउदैँ “रुपकजी अगाडिको सिट पनि खालि नै छ, अगाडि नै बस्न मिल्दैनन र ?”
..
.
..
.