******Rupak Part - 4****** mYsterious giRL-2
mYsterious giRL-2
रुपक र रुपा कुरा गर्दागर्दै धेरै टाढा आइसकेका हुन्छन । अनि रुपाले आफ्नो कारको गति कम गर्दै लगेर बाटोको छेउमा रोक्छिन अनि रुपकलाई केही खानेकुरा लिएर आउनु न भन्दै आफ्नो पर्शबाट हजारको नोट निकालेर दिन्छिन । रुपकले पहिला त पैशा लिन मान्दैन तर रुपाले कर गरेपछि र आफ्नो पर्श पनि हराको र तीन देखि भोको भको हुदाँ त्यो नोट लिएर बाटोबाट करिब १० मिटर जति माथि डाडाँमा रहेको दोकानमा जान्छ । दोकानमा गएर केहि चाउचाउ,चिप्स र मिनरल वाटर लिएर फर्किन खोज्दा दोकानदारसँग हजारको खुल्ला नभएर त्यसको खुल्ला गराउन गएर आउँदा धेरै समय बित्छ ।
...