Surprize Continues..***** रुपकको अन्त्यहिन कथा 7 *****
रुपकलाई सोफामा एक्लै बसेको देखी ज्याक रुपक भएतिर आउँछ अनि –“ के भो यार, तेरो बर्थडेपार्टीमा तँ किन एक्लै बसिराको आइज न यार के भो र यार ?” भनी रुपकलाई तान्छ तर रुपकले आफुलाई थकाई लागेको भनी ज्याकको अनुरोधलाई टार्छ अनि नजिकै रहेको ल्यापटपतिर देखाउदैँ –“ ओये, त्यो कसको ल्यापटप हो ? नेट जोडेको भए एकछिन चलाउन हुन्थ्यो, सोधिदेन यार!” भन्छ । अनि ज्याकले –“ ए, त्यो त रोबिनको हो यार, नेट जोडेको छ त्यसमा, विन्दास चलान यार, तँलाई पक्कै पनि त्यही “मिस रहस्यमयी”, “मिस नेपाली मोनालिशा” रुपाको फेशबुकमा प्रोफाइल खोज्न पर्यो होला, होइन ? ल ! ल ! खोज, खोज, कता भेटिएपछि मैले भाउजु भन्न पर्ने हो !
...
..
..