India's Historic Win over Austreliya (अष्ट्रेलियाको एकछत्र राजको अन्त्य)
भनिन्छ समय सधैँ एकनाशको हुदैँन । यो तथ्य पुनः एकपल्ट सहि साबित भएको छ र यो चोटी यो तथ्य लागु भएको क्षेत्र हो “ क्रिकेट विश्वकप २०११ ” । सन् १९९९ देखि क्रिकेट जगतमा एकछत्र राज गरिरहेको अष्ट्रेलियाको क्रिकेट माथिको राज अन्तत् समाप्त भएको छ । विश्वकप क्रिकेट अन्र्तगत हिजो भारत र अष्ट्रेलिया बिच भएको अत्यन्तै रोमाञ्चक एवं प्रतिप्रर्धात्मक खेलमा म्यान अफ द म्याच घोषित भएका युवराज सिंहको उत्कृष्ट ब्याटिङ्ग र बलिङ्गको मद्धतले भारतले लगातार तिन पल्टको डिफेन्डिङ्ग च्याम्यिन अष्ट्रिेलियालाई क्वाटरफाइनलमै ५ विकेटले पाखा लगायो र जितसगैँ सेमिफाइनलमा चिरपरिचित प्रतिद्धन्धी राष्ट्र पाकिस्तान सँगको भेट सुनिश्चित ग¥यो । भारतले विश्वकप क्रिकेटको सेमिफाइनलमा स्थान सुनिश्चित गरेको यो पाचौँ पटक हो । यसअघि सन् २००३ को विश्वकप क्रिकेटमा फाइनलमा अष्ट्रेलिया सँग पराजित भएको भारत सन् २००७ मा बङ्गलादेशसँग व्योहोरेको पराजयसँगै समुह चरणबाटै बाहिरिएको थियो ।..
...
..