*****अब यस्तो पार्टी खोलियोस******
Krishna Kandel
BBS 1'st Year
Lumbini Banijya Campus
Butwal-13 Devinagr
नेपालमा पार्टी बर्षायाममा च्याउ उर्मेजस्तै गरी दिनानु दिन खोलिन थालिएका छन् । कोही शसस्त्र विद्रोह गर्ने नाममा, कोही शान्ती स्थापना गर्ने नाममा त कोही क्षेत्रीय उद्धेश्य बोकेर पार्टी स्थापना गर्न थालिएको छ । जो जसले जस्ता उद्धेश्य सिद्धान्तमा भने पनि वास्तविक उद्धेश्य भने सबै पार्टीका नेताको भुडीँ भर्ने, सम्पत्ति आफ्नो हातमा लिने तथा जनता मार्ने र अझ भन्नु पर्दा त कुर्चीको लडाइका लागि राजनीति गरिएको देखिन्छ ।
सबै पार्टीलाई अहिले हामीले तिमीहरुले के ग¥यौँ त ? भनी प्रश्न गरेमा तिनिहरुको मुखमा एउटै उत्तर छ “ गणतन्त्र” ल्यायौँ । तर जनताको चाहना एक हदसम्म त गणतन्त्र ल्याउने होला तर गणतन्त्र ल्याउदैँमा के जनताका समस्या समाधान भए त ? के हामी जनताले खोजेको गणतन्त्र यस्तै हो ? यि यस्ता थुप्रै प्रश्नहरुको उत्तर जनता चाहान्छन । हामीलाई राजा भए र पो के ? गणतन्त्र आए र पो के ? त्यस्तै संविधान बने पो के ? हुने केही हैन ! बन्ने नेता हो भने मर्ने जनता हो ।
