राजेश हमालको पछिपछि आर्यन सिग्देल
नेपाली नायक भन्नासाथ हरेक नेपालीको मुखमै झन्डिएको एउटा नाम “राजेश हमाल” । आफ्नो अभिनयले हरेक नेपालीको मन जितेका राजेश हमाल, नेपाली चलचित्र क्षेत्रका सुप्रशिद्ध एकमात्र माहानायक पनि हुन भने अर्कोतर्फ विशेषगरी टिनेजहरुमाझ अत्यन्तै मनपराइएका वा भनौँ मुटुको ढुकढुकी सरह भएका आर्यन सिग्देल । आर्यन सिग्देलले आफ्नो रोमान्टिक छवि र मुस्कानले हजारौँलाई घायल गराएको छन भन्दा सायदै कुनै दुईमत होला । यि दुवै लोकप्रिय नेपाली नायकले आ–आफ्नो अभिनय प्रतिभाले थुप्रै नेपालीहरुको मनमस्तिष्कमा राज गरिरहेका छन् ।
अब लागौँ शिर्षकतिर, आर्यन सिग्देल के कुरामा राजेश भन्दा पछाडी परे भनी हजुरलाई पक्कै पनि खुल्दुली लाग्यो होला, होइन र ?