नेपाली लघुकथा ( अर्को भाग्य रेखाको पर्खाइमा ---)
सबैलाई थाहा भएकै कुरा हो। अभावको जीवन जिउन कति कस्ट र पिडादायक हुन्छ भनेर, तर के
गर्नु भाविको लेखान्त मेटेर मेटिन्न भन्छन। चमेलीलाई पनि यस्तै दु:खको भुमरीमा पारेर जन्म दियो दैवले। शायद छैठिको दिनमा चमेलिको भाग्यरेखा कोर्ने बेलामा भगवान लाई पनि सेतो कागज र कालो मसीको अभाब परेछ क्यार र त आज उसको भाग्य लत्पतिएको अक्षरले कोरिएको कागज झैं भएको छ। आफैले नबुझ्ने अनी कसैले पनि पढेर स्मरण गर्न नसक्ने गरी।
यस्तो हुनुमा बिचरी जन्म दिने ति आमाको के दोष ? उनले त ९ महिना सम्म गर्भमा राखेर यो सुन्दर धर्तीमा पाइला टेकाईन। अभाबै अभावमा दिन प्रति दिन चमेलिको चढ्दो उमेर संगै उसका गतिशिल पाइलाहरु अघी बढ्न थाल्यो । उसको भाग्यको रेखा अस्पस्ट भएता पनि कर्म रेखा भने चम्किलो कोर्न चाहन्थी ऊ ।