*** The story of old Camel *** ( Poem )
{" सन् 2010 मा कोलम्बोमा सम्पन्न भएको सार्कमुलुक स्तरीय स्नातकोत्तर् तहका विद्यार्थीहरुको कबिता प्रतियोगिता मा दोस्रो स्थान प्राप्त गर्न सफल सन्जना खड्काजीको नेपाली कबिता ।" }
चकमन्न निरब रातमा
नभ माथिको चित्रे मन्डल नियाल्दै
फुस्रे मरुभुमी छिचोल्दै
अलमस्त जबान ऊटहरु लम्किरहेछन
... मातृभूमी छाडने दाउमा ।।
चालिरहेछन अन्त्यहिन पाइलाहरु
नयाँ बिहानी जन्माउने नाउमा ।।
दोभान बिच बुढो प्याधा शारिरहेछ
बैरागी पाइलाहरु
जबान ऊट्का डाम बसेका खोबिल्टे
डोबहरु नियाल्दै
आफ्ना बैरागी खुरहरु चालिरहेछ
सन्तति ऊटका बिदाइका लागि
अन्तिम जुरो हल्लाइरहेछ ।।।