हल्लै हल्लामा चलेको देश-'नेपाल' ( सामाजिक कथा )

सडकको किनारमा एक अधबैसें लोग्ने मान्छेको लाश शरीरै भरि घाउ बोकेर मुडा झैँ लडेको छ । वरपर त्यो लाश हेर्ने मान्छेको भिड देखिन्छ । पुलिसहरु पनि त्यो लाशको मुचुल्का उठाउदै छन् । पत्रकारहरु पनि आफ्नो नोट बुकमा त्यहाँको रिपोर्ट तयार पार्दै छन्,कोहि त्यो लाशको तस्बिर कोण कोण बाट आफ्नो क्यामरामा कैद पार्दै छन् । कोहि पत्रकारहरु त्यहाँको वस्तुस्थिति प्रत्यक्ष प्रसारण गर्नका निम्ति लागि परेका छन् । कसैलाई थाहा छैन त्यो कसको लाश हो र कसरि सडकको किनारमा आफ्नो देह बिसायो ??
सडकमा धेरै गाडीहरु लाशलाई नजर लाउदै गैसक्यो र आउने क्रम पनि जारी छन् । कसैले पिच्च थुक्दै लाश लाई पार गरि आफ्नो गाडी गन्तब्य तर्फ हुईकाउँदैछन् त कोहि चुक चुक गर्दै गन्तब्य तर्फ लाग्दै छन् । जति मान्छेको नजर पुग्छ त्यति नै त्यहाँ गाँइ.गाँई.गुँई..गुँई मचिन्न थाल्छ । केहि बेर अघि सम्म लाशको बारेमा सबै अनविज्ञ थिए | केहि समय अन्तरालमै त्यो लाशको बारेमा सयौं कुराहरु उठी सकेको थियो ।.
.