**** उनि अनि विधाता ***
"सानी सानी" कसैले एकाबिहानै मलाई बोलाउँदै थियो । म भर्खरै बाबुलाई गृहकार्य गराउन बसेकी थिएं ।यो सम्बोधनले तान्यो मलाई र म बाहिर हेर्न बाध्य भएं ।
बाहिर हेर्छु त बिजय पो रहेछ।
"किन बिजय ? आउ न भित्रै " मैले अघि पछि झै मुसुक्क हाँसेर सोधें र भित्र आउन आग्रह गरें ।
तर बिजयमा अरु दिनमा जस्तो चञ्चलता थिएन । अनुहार र हाउभाउ हेर्दा पक्कै पनि केहि गम्भिर कुरा होला भन्ने मैले लख काटें ।
त्यस्तै १४,१५ वर्षको उमेरको बिजय नजिकैको स्कुलमा कक्ष ९ म अध्ययन गर्दैथियो ।
त्यस्तै १४,१५ वर्षको उमेरको बिजय नजिकैको स्कुलमा कक्ष ९ म अध्ययन गर्दैथियो ।
सानो भाई र बहिनी पनि उसंगै त्यही पढ्दै थियो ।