इस्स हुन्छ, त्यसरी नयाँ नेपाल !!!!
मेरा त कानै टट्टाई सक्यो, यो नयाँ नेपाल-नयाँ नेपाल सुन्दा-सुन्दा । कुनचाहीं उल्लुको दिमागमा आएछ यो कुधारणा । नेपाल त नेपालै होइन र के को नयाँ र पुरानो नि ? सिमा मिचेको कुरामा चुइक्क नबोल्ने तर सत्ताको खेलका लागि नयाँ दिल्ली सम्म स्वास्थ्य जाँचको वहानामा जाने र भारुहरुका खुट्टा ढोग्ने पनि तिमीहरु मध्येका ढोंगीहरुलाई कस्ले चिनेको छैन र ?
तिम्रा भारुप्रभूले मिचेको हजारौं विगाहा जग्गा फिर्ता ल्याउने हुत्ती छ? जंगबहादुर निरंकुसै भए पनि अनेक दाउपेच गरेर नयाँमुलुकका चारवटा जिल्ला फिर्ता लिए । सक्छौ भने, सिक्कीम, दार्जिलिङ्ग, देहरादुन, कुमाउ, गढवाल र कांगडा नेपालमा मिसाउन । अनि तिमीहरुले आलाप्नै पर्दैन, हामी आफै भन्छौ नयाँ नेपाल । कि त नयाँनयाँ विकासका संरचना तयार गर, झिलीमिली सिंगापुर जस्तो बनाऊ, बनाउने पनि भनेका हौ, खै त ? न त कुनै ठोस योजना छ, न त त्यसप्रकारको पूर्वाधार । बेकारमा भूस्याहा कुकुरले हावामा भूक्या छ, भूक्या छ नयाँ नेपालको भूकाई ।