अवसर ( लघु कथा )
साथीको फोन आयो, उठाएँ । प्रभा...तिम्रो रचना छापिएछ नि फलाना...पत्रिकामा हेर्यौ ? मैले उत्तेजित हुँदै भनें –“ यस्पाली भने मेरो भोटले काम गरेछ।” साथीले प्रश्न तेर्स्यायो ' कस्तो भोटको काम ? मैले त कुरै बुझिन' ? मैले फेरि जवाफ दिएँ –“ उक्त पत्रीकाको सम्पादक एउटा साहित्यिक संस्थाको अध्यक्ष पदमा उठेको रहेछ । भोट दिनको लागी अनुरोध आएको थियो । मैले पनि आफ्नो अधिकार किन प्रयोग नगर्ने भनेर आफ्नो अधिकार पनि प्रयोग गरें । यता कविको स्थान पनि उक्त पत्रिकामा बल्ल पाएछु । नत्र त जती रचना पठाए पनी उही रद्दी टोकरीको गाँस ।"
