धोकेवाज तथा पत्थर दिल मान्छे ! लघु कथा
इशु र इशान - केहि समय कार्यक्षेत्र एउटै थियो,पछी फेरियो । अत्यन्तै गाढा प्रेम थियो दुवैमा । भर्खरै २०/२२ मा प्रवेश गरेका यिनीहरु एक अर्काप्रतिको असिमित चाहना र समर्पणले गर्दा घन्टौ घण्टाको कुराइ,लामो प्रतिक्षाको थकाइ ,यता उता हेर्दाहेर्दै टट्टाउन पुगेका आँखाहरुको कुनै चिन्ता गर्दैनथे किनकि भेटेपछि सबैकुरा खुसीमा परिणत हुन्थ्यो । उनीहरुका लागी काठमाडौँका सम्पूर्ण गल्लीहरु,चोकहरु, पार्कहरु ,सिनेमा घरहरु तथा जलपान गृहहरु चीरपरिचित भैसकेका थिए । समय बित्दै गयो ,यिनीहरुको मायामा कुनै कमि आएन बरु बढ्दै गयो ।
इशु अत्यन्तै सुन्दर,फरसाइली तथा बोलाची केटी थिइ भने इशान सुन्दर,गम्भीर तथा कम बोल्ने केटा थियो । इशु, इशान संग यति समर्पित भैसकेकी थिइ कि ऊ इशान को बाहुपासमा कसिन चाहन्थी, टास्सीन चाहन्थी र आफ्नो सम्पूर्ण कुरा निछावर गर्न चाहन्थी ।
