***** मनको बह ****
असिम स्नेह अगाध प्रेम केवल तिम्रो लागि मात्र ल !
जिन्दगीको एक यात्रा यात्राको यहि दौरानमा धेरै धेरैसँग परिचय भयो, मित्रता गाँसियो तर पनि त्यस दिनको त्यो मेरो दृश्यले पागल बनायो र मैले तिमीलाई असल मित्रभन्दा पनि बढी उपमा दिए । आज मलाई अचम्म लाग्यो किनकि परिचय हुनुभन्दा अगाडी तिम्रो नाम मनमा गुन्जीयो, मनमा तिमी मुस्कुरायौँ र आखाँको मेरो लेन्सले तिम्रो तस्वीर कैद गरिसक्यो र मलाई यस्तो लाग्यो किन म भित्र प्रश्न तेस्रिन्छ ? मेरो मनले भन्छ तिमीलाई माया गरौँ, मेरो मस्तिष्कले भन्छ तिमीलाई प्रेमले बाधौँ तर तिमीलाई कस्तो लाग्छ ? म तिमीलाई निश्वार्थ प्रेम गर्छु भनेर त भन्न सक्दिन किनकी मेरो प्रेममा पनि केही स्वार्थ लुकेको छ, मलाई यस्तो लाग्दछ तिमीलाई चाहानु नै स्वार्थ हो ।